पुरुष नर्सको उपस्थितिले अस्पतालको सेवा झनै प्रभावकारी बनाउछ : भट्टराई
by CMS
असार १६ यसवर्षदेखि पुरुषले पनि नर्सिङ विषय पढ्न पाउने भएका छन् । विगतमा पढाइ भएर पुरुषका लागि रोकिएको नर्सिङ विषयको पढाइ पुरुषका लागि पुनः खोलिएको हो । नेपाल नर्सिङ काउन्सिलले यस वर्षदेखि लागू हुने गरी नर्सिङ अध्ययनका लागि १५ प्रतिशत कोटा पुरुषलाई छुट्याएको छ । भर्ना समेत आवहान भईसकेको छ । पिसिएल र बिएस्सी नर्सिङका लागि सो कोटा खुलाइएको हो । यसअघि पनि तीन ब्याचसम्म कुल नर्सिङ कोटामध्ये १० प्रतिशत पुरुष नर्स उत्पादन भए पनि पछि उक्त कार्यक्रम रोकिएको थियो । पुरुषका लागी नर्सिङ पढ्न र सेवा गर्न कति सहज असहज के हुन्छ त प्रश्तुत छ प्रकाश सिग्देलले मैयादेवी कन्याकलेज नर्सिङं संकाय प्रमुख बसुन्धरा भट्राई संग गरेको कुरा कानी
काउन्सिलले शैक्षिक सत्र ०७५/७६ देखि लागू हुने गरी कुल नर्सिङ कोटाको १५ प्रतिशत कोटा पुरुषहरूले पनि अध्ययन गर्न पाउने गरी बाटो खोलिदिएको छ यसलाई कसरी मुल्याकंन गर्नु हुन्छ ?
काउन्सिलले शैक्षिक सत्र ०७५/७६ देखी लागु हुने गरी १५ प्रतिशत पुरुषले अध्यान गर्न पाउने कुरा निर्णय गरेको छ यो पक्कै पनि स्राहानिय कुरा हो । नेपाल जस्तो पुरुष प्रधान देशमा लैगिक बिबिधता हटाउनका लागी नर्सिङ पेशामा पुरुष पनि राखिनु पर्छ । बिरामीको हेरचाहाको लागि कहि कतै महिलामात्र राखिनु पर्छ भन्ने छैन् । पुरुष बिरामीलाई एउटा अबिबाहित नारीले पिसाब गर्ने ठाउमा पिसावको पाईप राख्दा कति असहज हुन्छ भन्ने कुरा बिचार गर्न जरुरी छ । अनि महिलालाई शान्त स्वभाव, सालिन ब्याक्तित्वको ठाउमा राखिन्छ । यसरीनै पुरुषहरु पनि यो पेशामा आवद्ध हुदा खेरी बिरामी संग गरिने ब्यवहार र उनिहरु आफै स्वयमले पनि महसुस गर्नु हुने छ भन्ने लाग्छ ।
जस्तो बिगतमा पनि १० प्रतिशतको ब्यवस्था थियो तर करिव ८० जना पुरुष नर्स उत्पादन हुदा नहुदैँ बन्द भयो । यसले प्रभावकारी नहुदो रहेछ भन्ने जनाएको होईन र ?
हामी नेपालको ईतिहास मात्र हेर्नु हुदैन । बिश्वलाई नेपाल संग तुलना गरेर हेर्नुस हामी कती पछाडी छौ । धेरै बिकसित राष्ट्रहरुमा नर्सिङ पेशालाई राम्रो र सम्मान जनक पेशाको रुपमा हेरिन्छ । पक्कै पनि अवको शैक्षिक सत्रमा पुरुषहरु आएर अध्यान गर्नु हुनेछ या रोकिदैन अनि बिरामीको हेरचाहामा उल्लेखनिय परिर्वतन आउने छ । र यो कोटा १५ प्रतिशत बाट ५० प्रतिशतमा पुग्नेछ भन्ने आसा गरेको छु ।
अहिले पुरुषहरु अन्योलमा छन् । उनिहरुलाई अचम्म पनि लागीराख सुरुमै छात्रहरुको आकर्षण नदेखिने त होईन । उनिहरुको आक्रषण बढाउन के गर्न आवस्यक छ ?
अरु बिषय जस्तै नर्सिङ बिषय प्रति ईच्छा छ भने उहाँहरु आउन सक्नु हुन्छ । पिसियल गर्ने बित्तिकै रोजगार , रोजगारसंगै पठनपाठन गर्न सकिने आफ्नो बानी ब्यहोरामा परिर्वतन , स्वास्थ्य प्रति सचेत ,बैदेशिक रोजगारीको अवसरका कारणले नर्सिङ पेशा लोभ लाग्दो छ । मैले पुरुषहरु आक्रषण नहुने भन्ने सोचेको छैन् । उहाँहरु कुनै अन्योलमा पर्नु पर्ने कारण छैन् यो अवसर हो अवसरको पाईदा उहाहरुले उठाउनु पर्छ र उठाउनु पनि हुनेछ भन्ने मलाई लाग्छ ।
पुरुषको आकर्षण बढ्नेमा कति आसावादी हुनुहुन्छ ?
म यस कुरामा सत प्रतिशत बिश्वस्त छु । नया कुरा गर्दा मान्छेलाई अचम्म लाग्छ तर बास्तविक रुपमा त्यहीनै सत्य हुन्छ । अझै पनि नर्सिङ भन्ने बित्तिकै महिलानै पढ्नु पर्छ महिलालेनै पढाउनु पर्छ भन्ने चलन छनी । आज सम्म नर्सिङ पेशामा महिलाहरुनै आवद्ध हुनु भएको कारणले यस्तो सोच आएको हो । बिस्तारै यो सोचमा परिर्वतन आउने छ र बिरामीहरुले पनि पुरुष नर्सहरुलाई बिश्वास गनुहुने छ ।
पाठ्य क्रममा हाम्रो समाजले खुलेर कुरा गर्न अहिलले पनि नचाहने यौन तथा प्रजनन्का बिषयबस्तु समाबेश भएको र एकै ठाउँमा पुरुष महिला बसेर प्राक्टिकल बेसमा पढ्दा राम्रो नहुने भन्ने खालका कुराहरु बाहिर चर्चामा आईरहेका छन् नि यसमा के भन्नु हुन्छ ?
यौन तथा प्रजन्न भन्ने बिषयमा तपाईले सोध्नु भएको प्रश्न जाहेज छ । असहज भन्ने कुरा त हुन्छ । जतिपनि डाक्टर गाईनोकोलोजिस्ट हुनुहुन्छ उहाँहरु पुरुष पनी हुनुहुन्छ । हामिलाई शाहिद सुन्दा र कल्पना गर्न असहज जस्तो लाग्ने हो तर त्यही अध्ययन गर्दा र काम गर्दा त्यस्तो असजह महसुस हुदैन् किनकि त्यो पेशा हो त्यसमा त्यस्तो खालको महसुस गर्नु र हुनु अचित हुदैन र मानिदैन् । विभिन्न रोगका कारण शरिरमा आएको असहज अवस्थाका कारण अस्पतालमा बिरामीहरु उपचार गर्न आउने हो । लिगंका आधारमा भेदभाव गरि उपचार नगर्ने भन्ने हुदैन् । अहिलेत जम्मा १५ प्रतिशतको मात्र कुरा भईरहेको छ । पुरुषको प्रजनन् अंग महिलाले हेर्न हुने तर पुरुषलाई काम गर्न किन गाह्रो हुने होर । मलाई त्यस्तो लाग्दैन ।
यौन तथा प्रजनन्का बिषयमा शिक्षिकाहरुलाई छात्राहरुलाई पढाउन जति सहज हुन्छ त्यती छात्रहरुलाई त्यही बिषयबस्तु पढाउन असहज त हुदैन होलानी ?
नर्सिङ पेशामा किन यो कुरा छ । तपाईको अरुपनि जति मेडिकल फिल्ड छ त्यसमा पुरुषले पुरुषलाई महिलाले महिलालाई मात्र पढाउने गरेको देख्नु भएको छ र । अनि पाठ्यक्रममा पनी REPRODUCTIVE कक्षा ८,९,१०कोHealth को क्लास हुन्छ के त्यहा Same sex भएको शिक्षक हुन्छ र ?
पूरुषका लागी पुरुष नर्स र महिलाका लागी महिला नर्स राख्ने ब्यवस्थात हामिकहाँ हुदैन होला यो त पुरुषलाई अधिकार दिने नाममा बिरामी माथीको अन्याय भएनर ?
बिरामी माथी कसरी हुन्छ अन्याय । एउटा कोठामा बसेर Treatment गर्ने क्रममा १ महिला बिरामी र १ पुरुष नर्स हुन्छ भन्न हुदैन बिभिन्न थरीका बिरामी र धेरै स्वास्थ्य कर्मी संगै हुने हुनाले अन्याए भन्ने शब्दनै आउदैन । यो टिम ओर्क हो त्यहा पुरुष महिला दुबै स्वास्थ्य कर्मी हुन्छन् ।
तपाई शान्ति अस्पतालको मेट्रोन समेत हुनुहुन्छ । दिलैदेखी भन्दा आजको पुरुष नर्स बिनाको अस्पताल र केहि समय पछाडी पुरुष नर्स सहितको अस्पताल कुन बढि शोभायमान होला ?
महिला नर्सहरु राखेर अस्पतालमा हेरियो । महिलाहरु मात्र हुदा Patient Care सुरक्षित र प्रभावकारी थियो भने अझ पुरुष नर्सहरु हुदा अस्पताल अझै सर्वोतकृष्ठ हुनेछ भन्ने मैले आसा गरेकी छु ।
यहा पढ्ने र बिदेश जाने प्रचलन बढी भयो भने के गर्ने ?पुरुषत बिदेश जाननै बढि अग्रसर हुन्छ्न । त्यस माथी नर्स बनेपछि त बाटो झन सहज भएन र ?
अव बिदेश जाने प्रचलनलाई अन्त्य गर्नु पर्छ र दिन रात नभनिकन सेवा गर्नेहरुलाई त्यही अनुसारको सुबिधाहरु प्रदान गर्ने निति राज्यस्तरबाटै बनाईनु पर्छ । अनि तल्लो स्तर सम्म ति निति नियम लागु भए यहि स्वरोजगार हुने अवसर प्रदान हुन्छ र बैदेशिक आक्रषण घट्दै जान्छ । काममा लगाउने सेवा सुबिधा नदिनेहरु जती छन् त्यस्तामाथी कारबाहि हुनु पर्छ र नर्सहरुको उच्च सम्मान गर्न सक्ने बातावरण सृजना गर्नु पर्छ त्यो भयोभने यस्तो समस्या आउदैन् । तपाई कल्पना गर्नुस नर्स बिनाको अस्पताल कस्तो होला, त्यो सम्भव छैन् । त्यसैले अस्पताल सन्चालकहरुले पनि यसमा गम्भिरता अप्नाउन जरुरी देखिन्छ ।
चितवनमा कुनै अस्पतालमा पुरुष नर्सले काम गनूृ भएको छ । छ भने उहाको भुमिका कस्तो छ ?
चितवनमा पनि पुरुष नर्स एकजना कार्यरत हुनुहुन्छ । चितवन मेडिकल कलेजमा उहा कार्यरत हुनुहुन्छ । धेरै महिलाको ठाउमा एक पुरुष काम गर्न त सायद रमाइलोनै हुन्छ होला । त्यहा राम्रो नै भएरनै त्यहा बस्नु भएको हो जस्तो मलाई लाग्छ ।
तपाई र मैयादेबी कन्या कलेज नर्सिङ संकाय प्रमुख हुनुहुन्छ तपाईको कलेज १५ प्रतिशत पुरुष बिद्यार्थी नर्स भर्ना गर्न तयार छ ?
हाम्रो यस मैया देबी कन्या कलेज छात्राहरुका लागी मात्रै पठन पाठन गर्न भनी स्थापना गरिएकोले हाम्रोमा अलि समस्या हुनेछ । नर्सिङ कार्यक्रममा पुरुष नर्सहरुलाई मेरो ब्यात्तिगत र कलेजको तर्फबाट भन्नु पर्दा पुरुष समाबेश गर्न मिल्दैन् । आदरणीय संरक्षक समाजसेबि आमा सुश्री मैयादेबी श्रेष्ठले नारीहरु शिक्षाको क्षेत्रमा पछाडी परेको देखेर अनिहरुलाई शैक्षिक क्षेत्रमा अगाढी बढाउन भनेर छात्रालाई मात्र पढाउने उदेश्यले यो कलेज स्थापना गर्नु भएको हो । यो कलेजको जग्गा सम्पुर्ण भौतिक संरचना उहाकै लगानीमा निमार्ण भएको हो । यो कलेजको उदेश्यनै महिलामात्रै पढाउने भएकाले यस कलेजको हकमा भने १५ प्रतिशत पुुरुष नराखेर सत प्रतिशत महिलानै राख्दा उपयुक्त हुन्छ । यसमा सरोकार वाला निकायको ध्यान जाओस भन्न म चाहान्छु । यो संस्थाको बिधानमै महिलामात्रै पढाउने भएकाले यो कलेजको हकमा भने समस्या हुन्छ ।
नया नर्स बन्न चाहाने पुरुष बिद्यार्थीलाई के सन्देश दिन चाहानुहुन्छ ?
नया नर्स बन्न चाहाने पुरुषहरुलाई यो क्षेत्रमा आउन आग्रह गर्न चाहान्छु। किनकी यो सम्मान जनक र अरुपेशा भन्दा फरक पेशा छ । नाम दाम सम्मान सबै हुने र आफुलाई आत्म सन्तुष्ठी हुने पेशा नसिगं पेशा हो । तिन वर्ष पढेपछि सहजै रोजगार पाईने र एम एन सम्म अध्यान गरी आफुलाई सवल बनाउछु भन्दा पनि यसले बाटो खुलाउने भएकाले यो धेरै अलमलमा नपरी तत्कालै फम भरी आफनो सुरक्षित बाटो तय गर्न देशै भरिका बिद्यार्थीहरुलाई आग्रह गर्न चाहान्छु । मेहनत गर्ने बिद्यार्थीका लागी यो पढाई र पेशा अन्यान्त राम्रो र अवसर युत्त पेशा हो । पढ्न त्यती गाह्रो छैन डराउनु पनि परदैन् । आर्थीक रुपमा पनि त्यती महगों पनि नभएको म जानकारी गराउछु ।
अन्तमा यो पेशालाई मर्यादित बनाउन के गर्न आवस्यक छ ?
यो पेशालाई मर्यादित बनाउनका लागी निति निमार्णको तहमा बस्नुभएका पदाधीकारीहरुले स्पष्ठ निति तथा नियमहरु बनाउन जरुरी छ । दाया हेर्दा बाया कोल्ट्निी , बाया हेर्दा दाया कोल्ट्निी खालको निति बनाउनु भएन् । समय र शिक्षा हेरिकन उचित पारिश्रमीक तोकिनु पर्छ न्चभबमष्लन क्थकतझ हुनुपर्यो । बिमा सन्चय कोषको अनिवार्य सबैतिर लागु गर्नु पर्यो , जागिर सुरक्षित हुनुपर्यो , राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नु पर्यो र नराम्रो गर्नेलाई पनि राम्रो गर्नतर्फ उत्प्रेणा गर्नु पर्यो । बनेका निति नियम अस्पताल सन्चालकहरुबाट पुर्ण रुपमा कार्यान्वयन हुनु पर्यो त्यो भयो भने यो पेशा मर्यादित हुनेछ ।