P. O. Box 23
Bhartpur, Chitwan, Nepal
info@cmsnepal.edu.np
+977-56-524203 (Hos.)
+977-56-523603 (Off.)

मध्यबिन्दुमा पुरानो मेडिकल कलेजको सहयोगमा निशुल्क स्वास्थ्य शिविर

मध्यबिन्दुमा पुरानो मेडिकल कलेजको सहयोगमा निशुल्क स्वास्थ्य शिविर
by

चितवन, १३ असार । कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल) कलेजको प्राविधिक सहयोगमा नवलपुरको मध्यबिन्दुमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
जनजागरण सामुदायिक वन उपभोक्ता समूह, मध्यबिन्दु, मध्य नेपाल सामाजिक विकास मन्चको आयोजना एक दिने निःशुल्क
शिविरमा प्रदेश सासंद जनकलाल श्रेष्ठ र मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाको स्वास्थ्य परिक्षण गरि सुरु गरिएको थियो ।

शिविरमा स्त्री तथा प्रसुती विभागका डा.सर्जु दाहाल, डा.सदिना देवकोटा, छाला यौन तथा कुष्ठ रोग विभागका डा.शशी टन्ड्न, डा.बिरेन्द्र बहादुर स्यान्तङ, बालरोग विभागका डा.निशा के सि, डा.सरोज आचार्य, हाडजोर्नी विभागका डा.हरिकान्त यादव, डा. अशोक थापा, डा.साकार गुरुङ, डा.सजनी सापकोटा, डा.बिनिता कार्की, डेन्टल विभागका डा.प्रतीक सापकोटा, डा.रसना श्रेष्ठ, जनरल मेडिसिन बिभागका डा.अमोग दवाडी, डा.रन्जन पोख्रेल , डा.अशोक शाह तथा नर्सिङ विशेषज्ञ तथा अमेरिकी नागरिक भ्यालिरे एक्म्यान आदिले पुरानो मेडिकल कलेजका तर्फबाट विशेषज्ञ सेवा प्रदान गरेका थिए।
कार्यक्रममा आयोजकका तर्फबाट श्री कुस्माखर काफ्ले, जिल्ला वन अधिकृत विजय सुवेदी तथा पुरानो मेडिकल कलेजका बजार तथा जनसम्पर्क विभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले मन्तव्य राखेका थिए ।
वन समितिका अध्यक्ष विमला सापकोटाको अध्यक्षतामा सम्पन्न निशुःल्क स्वास्थ्य शिविरमा ४०० जना स्वास्थ्य सेवा लिएको कलेजका जनसम्पर्क विभाग प्रमुख न्यौपानेले जानकारी गराए ।

Share

MBBS Admission 23rd Batch Online Application Form - Apply Now
+